गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपको मिति सर्‍यो

पाेखरा | पुस २२, २०८०

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कपको मिति सर्‍यो

पोखरा:   गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ । 


प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो । 


प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारिएको सदस्य सचिव शर्माले जानकारी दिएका छन् । “हामीले पौष १५ गते सम्म जिल्लास्तरीय प्रतियोगिता सम्पन्न गर्न निर्देशन दिएका थियौं” सदस्य सचिव शर्माले भने–“बाग्लुङ, म्याग्दी, लमजुङ, र पर्वतमा समयमा प्रतियोगिता हुन सकेन । त्यसैका कारण हामीले फागुनमा गर्ने निधो गरेका छौं ।” 


सम्पन्न बैठकले नवलपुरका विभिन्न ८ वटा पालिकाहरुबाट प्रतिवद्धता भएको रकम माघ १५ गते सम्म प्राप्त भएमा राष्ट्रपति रनिङ शिल्ड नवलपुरमा नै आयोजना गर्ने निर्णय गरेको छ । स्थानिय पालिकाहरुबाट प्रतिवद्धता भएको ३० लाख प्राप्त नभएमा प्रतियोगिता कास्कीमा नै हुने जनाइएको छ । निर्णयमा भनिएको छ–“पालिकाहरुबाट प्रतिवद्धता भएको रकम उपलव्ध गराउन जिल्ला खेलकुद समन्वय समिति नवलपुरलाई आग्रह गर्ने तथा सहयोग रकम उपलब्ध हुनासाथ खेल मैदानहरुको मर्मत सुधार, यातयात तथा होटल ब्यवस्थापनको सम्पूर्ण जिल्ला खेलकुद विकास समिति नवलपुरलाई जिम्मेवारी प्रदान गरिने छ ।”


यसै गरी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधि समेत संसोधन भएको र खेलाडीहरु समेत थप भएका तथा समय समेत थप्नु पर्ने बाध्यता रहेकोले प्राप्त सर्शत अनुदानको रकम थप गर्न राष्ट्रिय खेलकुद संग थप बजेट माग गर्ने निर्णय समेत गरेको छ ।  


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत ६ वटा खेलहरु आयोजना हुने गरेको छ । प्रतियोगिता अन्तर्गत छात्र–छात्रा एथलेटिक्स, भलिबल, कबड्डी, उशु, कराते र तेक्वान्दो हुने गरेको छ । 


नवलपुरमा प्रतियोगिता आयोजनाका लागि परिषदले गठन गरेको अध्ययन समितिले एथलेटिक्स नवदुर्गा खेल मैदान कावासोती, भलिबल देवचुली, तेक्वान्दो गैंडाकोट, उशु र कबड्डी कावासोतीमा तथा कराते मध्यविन्दुमा गर्ने गरी तय गरेको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्