१३ तस्बिरमा हेरौं, ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’
पाेखरा | पुस २२, २०८०
पोखरा: बाह्रसिङ्गे बियरको मुख्य प्रायोजनमा पोखरामा पहिलोपटक ‘चङ्गा म्युजिक एन्ड आर्ट फेस्टिबल’ सम्पन्न भएको छ ।
शनिबार पोखरा ९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा भएको फेस्टिबलमा उदीयमान गायिका प्रजिना, पोखरेली स्रिजल विक्रम भण्डमारी (श्रीगो) र उवदीत गायक जोन चाम्लिङ राईले प्रस्तुती दिए ।
१७ वर्षे पोखरेली श्रीगोले पहिलो पटक आफ्नै शहरमा स्टेज चढ्दै सांगितिक यात्रा प्रारम्भ गरे । उनको पहिलो गीत ‘हराएको माया’ चङ्गा प्रोडक्सनले सार्वजनिक गरेको थियो ।
त्यसपछि एकाएक युवा पुस्तामाझ लोकप्रिय बन्न पुगेका श्रीगोले आफ्नो करिअरको पहिलो स्टेज शो पोखरामै गर्ने योजना बुनेका थिए ।
सोही अनुरुप चङ्गा प्रोडक्सनले पोखरखामा पहिलो पटक म्युजिक एन्ड आर्ट फेस्टिबल आयोजना गरेको प्रोडक्सनका प्रबन्धक निर्देशक विवेक गुरुङले जानकारी दिए ।
उनका अनुसार सो फेस्टिबलमा नेपालको क्लाेथिङ ब्राण्ड हुबाले रनवे (फेशन शो) सहित आफ्नो प्रमोसन गरेको थियो ।

सबै तस्बिर: नविन श्रेष्ठ
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

