नवनियुक्त चार मन्त्रीको  शपथ आज

काठमाडाैं | असार १३, २०७९

नवनियुक्त चार मन्त्रीको  शपथ आज


काठमाण्डौँ :    नेकपा (एकीकृत समाजवादी) का तर्फबाट सरकारमा सहभागी नव नियुक्त मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ ।

  

 राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई आज दिउँसो ११ बजे राष्ट्रपति कार्यालय र प्रधानमन्त्री शेरबहादुर देउवाले एक राज्यमन्त्रीलाई सिंहदरबारस्थित कार्यालयमा शपथ गराउनुहुने कार्यक्रम रहेको जनाइएको छ । 

    

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गर्नुभएको छ । त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय हुनुहुन्छ ।

  

 राष्ट्रपति  भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्य प्रधानमन्त्रीको सिफारिसमा आइतबार हेरफेर गर्नुभएको हो । 

काठमाडौं:  स्वर्गीय पत्रकार सुरेश रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ । गत चैत १५ गते तीनकुने घटनामा समाचार सङ्कलनका क्रममा ज्यान गुमाएका रजकलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको हो ...

थप पढ्नुहोस्

पोखरा:  पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी  १३ औं वार्षिकोत्सव  पनि मनाएको छ । हस्पिटलका प्रब...

थप पढ्नुहोस्

बागलुङ:   बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहे...

थप पढ्नुहोस्