माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपमा बौदीकाली च्याम्पियन

पाेखरा | पुस २८, २०८०

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कपमा बौदीकाली च्याम्पियन

पोखरा:  कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगितामा  नवलपरासी(बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका च्याम्पियन बनेको छ ।

 

माछापुच्छ्रे ३ घाचोकमा भएको फाइनल खेलमा बाग्लुङको गलकोट नगरपालिकालाई ३—१ सेटमा हराउँदै बौदीकाली च्याम्पियन बनेको हो ।

 

च्याम्पियनसँगै बौदीकालीले नगद रु ३ लाख, ट्रफी र मेडल पुरस्कार  प्राप्त गर्याे । यस्तै  उपविजेता गलकोटले रु २ लाख तथा ट्रफी हात पार्याे ।

 

यस्तै सेमिफाइनलमा पुगेका अन्नपूर्ण र चापाकोटले जनही रु ५० हजारबाट पुरस्कृत भए ।

 

प्रतियोगिताबाट बौदीकालीका अशोक श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु ७ हजार प्राप्त गरे ।
 

यसैगरी उत्कृष्ट स्पाइकरमा बौदीकालीका सरोज बर्देवा, उत्कृष्ट ब्लकरमा बौदीकालीकै विश्वास अधिकारी, उत्कृष्ट सर्भरमा सोही टिमकै आषिश श्रेष्ठ, उत्कृष्ट डिफेण्डर चापाकोटका राजन दर्लामी मगर, उत्कृष्ट सेटर गलकोटका मीन सुनार र उत्कृष्ट प्रशिक्षक बौदीकालीका सागर विष्ट घोषित भए ।

 

प्रतियोगिताको विजेता, उपविजेता तथा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नेपाली काँग्रेसका सहमहामन्त्री एवं प्रतिनिधिसभाका सांसद द्धय बद्री पाण्डे र जीवन परियार, गण्डकी प्रदेशसभाका सदस्यद्धय गणेशमान गुरुङ र प्रकाश बराल, गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्याल लगायतले पुरस्कार वितरण गरेका थिए ।

काठमाडौं:  बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ ।  कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्