टाइगर कप भलिबल: महिलातर्फ समूह ‘ए’ बाट एपिएफ र पुलिस सेमिफाइनल प्रवेश
पाेखरा | माघ ३, २०८०

पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ समूह ‘ए’बाट विभागीय टोलि नेपाल एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल एपिएफ क्लबले घरेलु टोलि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनमा स्थान पक्का गरेको हो ।
नेपाल एपिएफ क्लबले तीन जना भारतीय खेलाडीसहित मैदान उत्रेको गण्डकी प्रदेशलाई २५–१६, २५–९ र २५–१७ ले सोझो सेटमा पराजित गरेको हो । नेपाल एपिएफ र पुलिसँग पराजित भएको गण्डकी अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफले दुई खेलमा ५ र पुलिसले ३ अङ्क जोड्न सफल भयो ।
यस्तै समूह ‘बी’बाट न्यु डायमण्ड स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अहिले न्यु डायमण्ड स्पोर्टस् क्लब र आमन्त्रित हरियाणा टिम भारतसँग प्रतिस्पर्धा भइरहेको छ । यस खेलमा भारतको हरियाणा टिमले डायमण्डलाई सोझो सेटमा पराजित गरे मात्र सेमिफाइनलमा स्थान बनाउने छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला/पुरुषतर्फ नै दुई/दुई समूहमा तीन/तीन टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
काठमाडौं: नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले पदबहाली गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण गरेसँगै उनले पद बहाली गरेका हुन् । अर्याललाई गृह ...
काठमाडौं: नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कार्यभार सम्हालेका छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनले पदबहाली गरेका हुन् । उनीनेपाल विद्युत् प्राधिकरणको पूर्व कार्यकारी प्रमुख हु...
काठमाडौं: वेस्ट इन्डिजसँगको टी–२० आई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) नेपाली टोली घोषणा गरेको छ। क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको छ। ...