टाइगर कप भलिबल: महिलातर्फ समूह ‘ए’ बाट एपिएफ र पुलिस सेमिफाइनल प्रवेश

पाेखरा | माघ ३, २०८०

टाइगर कप भलिबल: महिलातर्फ समूह ‘ए’ बाट एपिएफ र पुलिस सेमिफाइनल प्रवेश

पोखरा:  पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ समूह ‘ए’बाट विभागीय टोलि नेपाल एपिएफ र नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । 


पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको आफ्नो अन्तिम खेलमा नेपाल एपिएफ क्लबले घरेलु टोलि गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनमा स्थान पक्का गरेको हो । 


नेपाल एपिएफ क्लबले तीन जना भारतीय खेलाडीसहित मैदान उत्रेको गण्डकी प्रदेशलाई २५–१६, २५–९ र २५–१७ ले सोझो सेटमा पराजित गरेको हो । नेपाल एपिएफ र पुलिसँग पराजित भएको गण्डकी अङ्कबिहीन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एपिएफले दुई खेलमा ५ र पुलिसले ३ अङ्क जोड्न सफल भयो । 

 

यस्तै समूह ‘बी’बाट न्यु डायमण्ड स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । अहिले न्यु डायमण्ड स्पोर्टस् क्लब र आमन्त्रित हरियाणा टिम भारतसँग प्रतिस्पर्धा भइरहेको छ । यस खेलमा भारतको हरियाणा टिमले डायमण्डलाई सोझो सेटमा पराजित गरे मात्र सेमिफाइनलमा स्थान बनाउने छ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला/पुरुषतर्फ नै दुई/दुई समूहमा तीन/तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्