श्रीलंकाको आर्मीलाई हराएको नेपाल पुलिस क्लब समूह चरणबाट बाहिरियो
पाेखरा | माघ ३, २०८०

पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा श्रीलंकाको आर्मीलाई ३–१ सेटमा पराजित गरेको नेपाल पुलिस क्लब समूहचरणबाट नै बाहिरिएको छ ।
लिगचरणको खेलमा नेपाल एपिएफ क्लबसँग सोझो सेटमा पराजित भएको नेपाल पुलिस क्लब समूहचरणबाट नै बाहिरिएको हो । नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी क्लब भन्दा सेटमा पछाडि परेपछि समूहचरणबाट नै बाहिरिएको हो । समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । यस समूहमा नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मीको समान ३÷३ अङ्क रहेको थियो ।
आज पोखरा रंगशालाको भलिबल कोर्टमा भएको लिगचरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट ४१–३९ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट भने १३–२५ ले गुमाएको थियो ।
दोस्रो सेट गुमाएको पुलिसले तेस्रो सेट भने २०२५ ले जितेको थियो । यस्तै चौथो सेट पुलिसले २५–१७ ले श्रीलंका आर्मीलाई पराजित गरेको हो । समूह ‘बी’मा रहेको नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र श्रीलंका आर्मीको क्रमशः ३÷३ अङ्क रहेको छ ।
यस्तै आज पुरुषतर्फको दोस्रो खेल समूह ‘ए’मा रहेको घरेलु टोलि गण्डकी प्रदेशले काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘ए’ मा रहेको गण्डकी र आर्मीको लिगचरणको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो ।
यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा: लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले भाग लिएका छन् । लिग चरणको खेलमा आयोजक, जि।एम। समाज, ढुंग...
काठमाडौं: नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । ...
काठमाडौं: पशुपति क्षेत्र विकास कोषले हरितालिका (तीज) का व्रतालुका लागि पशुपतिनाथ मन्दिर बाहिरी क्षेत्रमा चार लाइन तथा भित्री क्षेत्रमा आठ लाइनमा बस्ने गरी व्यवस्था मिलाउने भएको छ। पशुपति क्षेत्र...