गण्डकीसँग पराजित भएको हेल्प नेपाल सेमिफाइनलमा प्रवेश

पाेखरा | माघ ३, २०८०

गण्डकीसँग पराजित भएको हेल्प नेपाल सेमिफाइनलमा प्रवेश

पोखरा:   पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा लिगचरणको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशसँग पराजित भएको हेल्प नेपाल स्पोर्टस क्लब काठमाडौं सेमिफाइनलमा प्रवेश गरेको छ ।


पोखरा रंगशालाको भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा गण्डकीसँग हेल्प नेपाल ३–२ को सेटमा पराजित भएको हो । तीन÷तीन जना विदेशी खेलाडी लिएर दुवै टोलि भलिबल कोर्ट उत्रिएका थिए । 


हेल्प नेपाललाई २५–२२, १५–२५, २५–१७, २२–२५ र १५–१२ ले पराजित गरेको हो । गण्डकीले यस खेलमा २ अङ्क जोड्दा हेल्प नेपालले १ अङ्क खोज्न सफल भयो । हेल्प नेपालले लिगचरणको आफ्नो पहिलो खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको थियो । समूह ‘ए’ मा रहेको हेल्प नेपालको ४, गण्डकीको २ अङ्क छ भने, त्रिभुवन आर्मी क्लबले अङ्क जोड्न सकेको छैन् । गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबको खेल लाइट प्रोस्टेटको कारण स्थगित भएको थियो । 


यस्तै पोखरा रंगशालाको भलिबल कोर्टमा भएको समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र आमन्त्रित श्रीलंकाको आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको लिगको अन्तिम खेलमा नेपाल पुलिस क्लबले श्रीलंकाको आर्मीलाई ३–१ को सेटमा पराजित गरे पनि पुलिस समूह चरणबाट नै बाहिरिएको छ । 


यस्तै महिलातर्फ भने सेमिफाइनलको समिकरण पूरा भएको छ । महिलातर्फको पहिलो सेमिफाइनलमा समूह ‘ए’को समूह विजेता नेपाल एपिएफ क्लब र समूह ‘बी’को उपविजेता त्रिभुवन आर्मी क्लब र दोस्रो सेमिफाइनलमा समूह ‘बी’को विजेता न्यु डायमण्ड र समूह ‘ए’को उपविजेता नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुई÷दुई समूहमा तीन÷तीन टिम रहेका छन् । 


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।

काठमाडौं:  राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

थप पढ्नुहोस्

पोखरा:   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् ।  रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

थप पढ्नुहोस्

काठमाडौं:   विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ ।   अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

थप पढ्नुहोस्