टाइगर कप: महिलातर्फ उपाधिका लागि एपिएफ र न्यू डायमण्ड भिड्ने
पाेखरा | माघ ४, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको उपाधिका लागि नेपाल एपिएफ क्लब र न्यूडायमण्ड स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
पोखरा रंगशालाको भलिबल कोर्टमा भएको दोस्रो सेमिफाइनल खेलमा न्यू डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधिका लागि एपिएफ क्लबसँगको भेट पक्का गरेको हो ।
न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई २५–१९, २५–१८ र २५–१८ ले पराजित गरेको हो । चौथो टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको उपाधिका लागि नेपाल एपिएफ क्लब र न्यू डायमण्डले माघ ६ गते प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फको पहिलो सेमिफाइनलमा खेलमा नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरि सकेको छ ।
पहिलो र दोस्रो सेट गुमाएको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै तीन सेट आफ्नो पक्षमा पार्दै टाइगर कपको उपाधिमा ह्याट्रिक नजिक पुगेको हो । एपिएफले आर्मीलाई १९–२५, २०–२५, १५–१२, २५–१६ ले जित्दै पाँचौ सेटमा १५–१३ ले सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
पाँचौ सेटमा सुरुवाती अङ्कमा २–७ अङ्कले पछि रहेको एपिएफले उत्कृष्ट पूनरागमन गर्दै खेललाई १२–१२ बराबरी बनाउँदै १४–१२ ले अगाडि बढेको थियो । समूह ‘ए’बाट समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको एपिएफ टाइगर कप भलिबलको तेस्रो पटक फाइनल प्रवेश गरेको हो ।
यस्तै आज पुरुषतर्फ समूह ‘ए’ मा रहेका घरेलु टोलि गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’ हेल्प नेपाल स्पोर्टस् क्लब ४ अङ्कका साथ सेमिफाइनल पुगेको छ । आजको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्न सके मात्र सेमिफाइनल प्रवेश गर्नेछ ।
यस्तै समूह ‘बी’बाट नेपाल एपिएफ क्लब र श्रीलंकाको आर्मी सेमिफाइनल प्रवेश गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६÷६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला÷पुरुषतर्फ नै दुईरदुई समूहमा तीन÷तीन टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।
उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...
काठमाडौं: विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई श्रम संस्कृति पार्टीले निलम्बन गरेको छ । अनुसन्धानमा कुनै किसिमको प्रभाव र दबाब नपरोस् भन्नका ला...

