गण्डकी प्रदेश सेमिफाइनल प्रवेश
पाेखरा | माघ ४, २०८०
पोखरा: पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । लिगचरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबसँगको खेलमा गण्डकीले एक अङ्क जोडेपछि सेमिफाइनलको समिकरण पूरा भएको हो ।
लिगचरणको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गरेपनि आर्मी समूहचरणबाट बाहिरिएको छ । समूह ‘ए’बाट समूह विजेता भएर हेल्प नेपाल र गण्डकी प्रदेश समूह उपविजेता भएर सेमिफाइनल प्रवेश गर्दा आर्मी समूह चरणबाट बाहिरिएको हो । आर्मीले गण्डकीलाई लिगचरणको अन्तिम खेलमा २५–२०, २०–२५, १७–२५, २५–२१ र १५–६ ले जितेपनि समूह चरणबाट बाहिरिएका छ ।
शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा समूह ‘ए’को विजेता हेल्प नेपाल स्पोर्टस् क्लब र समूह ‘बी’को उपविजेता श्रीलंकाको आर्मी र दोस्रो सेमिफाइनल गण्डकी प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै महिलातर्फको भने एक खेल मात्र हुनेछ । तेस्रो स्थानका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । नेपाल एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस क्लब भने फाइनल प्रवेश गरेको छ । फाइनल खेल माघ ६ गते सञ्चालन हुनेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरामा जारी चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राराष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतियोगितामा महिला र पुरुषतर्फ ६/६ टिमको सहभागिता रहेको छ । लिककम नकआउटको आधारमा सञ्चालित प्रतियोगितामा महिला/पुरुषतर्फ नै दुई/दुई समूहमा तीन/तीन टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

