जाजरकोट भूकम्पपछि सहायता कोषमा जम्मा भयो २८ करोड ४३ लाख
काठमाडाैं | माघ ८, २०८०
काठमाडौं: जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २८ करोड ४३ लाख ५४ हजार पाँच रुपैयाँ जम्मा भएको छ ।
भूकम्पपीडितको सहयोगार्थ १२८ भन्दा बढी संस्था र व्यक्तिहरूले उक्त रकम कोषमा जम्मा गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी गराएको छ ।
गएको कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पका कारण १५४ जनाको मृत्यु भएको थियो । ६२ हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।
भूकम्पले ठूलो जनधनको क्षति गरेपछि सरकारले पीडितको सहयोगार्थ कोषमा रकम जम्मा गर्न अनुरोध गरेको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

