पोखरामा पुन हिल कप भलिबल प्रतियोगिता हुँदैं, विजेतालाई १ लाख ११ हजार
महिलातर्फ विजेतालाई ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार राशी
पाेखरा | माघ १०, २०८०
पोखरा: पोखरामा पुन समाज नेपालको आयोजनामा माघ १५ देखि १९ गतेसम्म प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएकाे छ ।
पुन समाज नेपालको स्थापन दिवसको अवसरमा प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको समाजका महासचिव खिमन शेरपुजा पुनले जानकारी दिए ।
उनका अनुसार प्रथम पुन हिल कप खुल्ला क्लबस्तरीय भलिबल प्रतियोगितामा महिला/पुरुष र प्रौढ भलिबल प्रतियोगिता आयोजना हुनेछ ।
खुल्ला क्लबस्तरीय पुरुष भलिबल तर्फको विजेताले नगद १ लाख ११ हजार १ सय ११ र उपविजेताले नगद ५५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै भलिबल प्रतियोगितामा सहभागिता जनाउन एक टिमलाई ८ हजार रुपैयाँ शुल्क कायम गरिएको छ ।
खुल्ला क्लबस्तरीय महिला प्रतियोगिताको विजेताले ६६ हजार ६ सय ६६ उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सहभागिता जनाउन ६ हजार रुपैयाँ प्रवेश शुल्क कायम गरिएको छ ।
यस्तै ४० वर्ष माथिको प्रौढ भलिबल प्रतियोगिताको विजेताले ३३ हजार ३ सय ३३ र उपविजेताले २० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् भने सहभागिता जनाउन ५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
पुन समाज नेपालका महासचिव पुनले खुल्ला क्लबस्तरीय महिला÷पुरुषतर्फ कुनै पनि टिममा प्रदेश र राष्ट्रिय टिमका कुनै पनि खेलाडी समावेश गर्न नपाइने बताए ।
‘खुल्ला क्लबस्तरीय महिला/पुरुष भलिबलको तयारी तीव्र पारेका छौं, प्रतियोगिता माघ १५ देखि १९ गतेसम्म रामघाटमा सञ्चालन हुनेछ’, पुनले भने, ‘महिला/पुरुषतर्फ नै प्रदेश र राष्ट्रिय तर्फका खेलाडी समावेश गर्न पाइने छैन ।’
खेलाडी उत्पादनलाई मध्यनजर गर्दै प्रदेश र राष्ट्रिय टिमका सदस्यहरु समावेश गर्न नपाइने नियम राखिएको उनले बताए ।
प्रतियोगिता पुन समाज नेपाल पोखराको रामघाटमा सञ्चालन हुनेछ । पुन समाज नेपालले २०६३ साल माघ १५ लाई स्थापना दिवसको अवसरमा मनाउँदै आएको महासचिव पुनले बताए ।
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...
काठमाडौं: नेकपा (एमाले) को ११ औं महाधिवेशनबाट निर्वाचित हुनुभएका पदाधिकारी तथा सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । महाधिवेशनले सामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। भक्...

