हिउँले सिंगारियो ‘कोरी’ (फोटो फिचर)

कास्की | माघ १२, २०८०

हिउँले सिंगारियो ‘कोरी’ (फोटो फिचर)

पोखरा:  कास्कीका केही पदमार्गहरु यतिबेला चर्चामा छन् । पोखरादेखि कम समयमा हिउँ खेल्न र शाहसिक पदयात्रामा रम्न चाहनेहरुका लागि रोजाईमा पर्छ कोरी ।

 

कोरीसँगै खुमै, मर्दी, र अन्नपूर्ण आधार शिविर (एबिसी) पनि पर्यटकको सेडुअलमा पर्ने गन्तव्य हुन् । उल्लेखित यी पदमार्गहरु कास्कीका लोकप्रिय पदमार्ग हुन् । 

 

मादी गाउँपालिकामा पर्ने कपुचे ताल र कोरी पदमार्ग पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइको गन्तव्य हो । जहाँबाट माछापुच्छ्रे लगायतका धेरै हिमश्रृङ्लाको नेत्रभोजन गर्न सकिन्छ ।

 

कोरी पदमार्गको प्रवद्र्धनमा स्थानीय पर्यटन व्यवसायीको हात छ । यद्यपी स्थानीय सरकारको पनि नगन्य मात्रामा सहयोग छ ।

 

कुनै बेला भेडाहरुले हैकम जमाएको खर्कमा अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । उ बेलाको भेडी खर्क अहिले पर्यटकीय गन्तव्यको रुपमा लोकप्रिय बनेको छ । 

 

समुद्री सतहदेखि ३ हजार ८ सय मिटर उचाईमा रहेको कोरी यतिबेला हिउँले सिंगारिएको छ । पर्यटन व्यवसायी धन बहादुर गुरुङका अनुसार कोरीमा स्केटिङसमेत खेल्न सकिन्छ । 

 

थप तस्बिर:

 

 

 

 

 

 

 

 

 

 

 

तस्बिर: धन बहादुर गुरुङ (माहिला दाई, नमस्ते गेष्ट हाउस)
 

 पोखरा:   नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीज नेपाली महिलाहरुको सम्मानको पर्व रहेको बताएका छन् ।  ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोप...

थप पढ्नुहोस्

पोखरा:  बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिको नयाँ शाखा पोखरामा विस्तार हुने भएको छ । २०७६ सालदेखि चितवनमा सञ्चालन हुँदै आएको अग्रणी शिक्षा परामर्श संस्था बेष्ट डेस्टिनेशन एजुकेशनल प्रालिले भदौं ११ गतेदेखि प...

थप पढ्नुहोस्

पोखरा:  आमा समुहले आर्थिक उपार्जन गर्ने मात्र नभई आप्mना सदस्यलाई दुःख पर्दा सहयोग गर्दछन् भन्ने यहाँको एउटा आमा समुह उदाहरणीय बनेको छ ।  पोखरा १७ घारीपाटनस्थित शुभकामना आमा समुहले क्यान्सर पिडीत...

थप पढ्नुहोस्