कुटपिट गरेर कार लुट्ने तीन जना भारतीय नागरिक पक्राउ
धनगढी | असार १३, २०७९
धनगढी : डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित भित्री सडकमा पर्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले बताए ।
उनका अनुसार पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ घर भएका १८ वर्षीय साहिल बादलिसे, २० वर्षीय सन्नी जोट र २१ वर्षीय भगत सिंह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले भण्डारी सवार प्रदेश–३–०१०२३ च ८७२१ नम्बरको कार पनि नियन्त्रणमा लिएका थिए । उक्त कार गोदावरी नगरपालिका–१ स्थित शान्तिनगर जाने भित्री सडकखण्डमा वेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान कञ्चनपुरको महेन्द्रनगरबाट भण्डारीको सहयोग मागेर खानीडाँडा घुम्ने भन्दै आएका भारतीय नागरिकले भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ को सेल्फी डाँडा नजिकैबाट उनलाई कुटपिट गर्दै लुटेर भागेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

