एमएमसीविरुद्द जावलाखेलको  संघर्षपूर्ण जीत, सेमिफाइनलमा थ्री स्टारसँग भिड्ने

पाेखरा | माघ १५, २०८०

एमएमसीविरुद्द जावलाखेलको  संघर्षपूर्ण जीत, सेमिफाइनलमा थ्री स्टारसँग भिड्ने

पोखरा:  जावलाखेल युथ क्लबले मनाङ मस्र्याङ्दी क्लबविरुद्द संघर्षपूर्ण जीत निकाल्दै पोखरामा जारी २३ औं आहा! रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको  छ ।

 

पोखराको रङ्गशालामा आज भएको क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दी क्लबलाई सोमबार सडन डेथमा पराजित गर्दै जावलाखेल सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

 

निर्धारित तथा अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछिछ खेल टाईब्रेकरमा पुुगेको थियो ।

 

टाइब्रेकरमा पनि‌ ४–४ को बराबरी भएपछि सडन डेथबाट निर्णय भयो ।  दुवै टिमका ९ खेलाडीले पेनाल्टी प्रहार गर्दा जावलाखेल सडन डेथमा ७–६ गोल अन्तरले विजयी भयो ।

 


 

 

नवौं पेनाल्टी सुटरका रुपमा आएका एमएमसिका पोखरेली फुटबलर रन्दिप पौडेलको प्रहारलाई जावलाखेलका गोलरक्षक अनिश देउलाले बचाएपछि जावलाखेलले सेमिफाइनलको यात्रा पक्का गर्याे ।

 

से​मिफाइनलमा अब जावलाखेलले थ्री स्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार हुने  चर्च ब्वाइज युनाइटेड क्लब र नेपाल पुलिस क्लबबीचको विजेता टोलीसँग भिड्नेछ ।

 

आहा! रारा गोल्डकपको २३ औं संस्करणको विजेताले उपाधिसहित १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्