आहा! रारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा आज थ्रीस्टार र जावलाखेल खेल्दै

पाेखरा | माघ १७, २०८०

आहा! रारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा आज थ्रीस्टार र जावलाखेल खेल्दै

पोखरा:   पोखरामा जारी २३औं आहा! रारा पोखरा गोल्डकपमा आज सेमिफाइनलको पहिलो खेल हुँदै छ । पहिलो सेमिफाइनल खेलमा आज थ्रीस्टार र जावलाखेल युथ क्लब खेल्दै छन् । 


उक्त खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।  खेलको विजेता टोली फाइनलमा पुग्नेछ ।  आहा! रारा इतिहासमा थ्रीस्टार र जावलाखेल तेस्रोपटक भिड्न लागेका हुन् । 


यस्तै दोस्रो सेमिफाइनलमा भोलि त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । 


माघ २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार पुरस्कार पाउनेछन्

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्