थ्रीस्टार आहा! रारा पोखरा गोल्डकपको फाइनलमा

पाेखरा | माघ १७, २०८०

थ्रीस्टार आहा! रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा:    पोखरामा जारी २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा थ्रीस्टारक्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै  फाइनलमा स्थान पक्का गरेको हो । 


थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एक मात्र निर्णायक गोल गरे । खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले दिपेश आलेमगरको असिस्टलाई गोलमा परिणत गरेका हुन् । 


थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ । थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहा! राराको उपाधि जितेको छ ।


थ्रीस्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ । भोलि अन्तिम सेमिफाइनल अन्तर्गत चर्चब्वाइज र नेपाल आर्मी भिड्नेछन् ।

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्