लेकसाइडमा पर्यटकलाई होटल मिलाईदिने भन्दै पैसा बार्गेनिङ गर्ने ६ जना प्रकाउ

पाेखरा | माघ १७, २०८०

लेकसाइडमा पर्यटकलाई होटल मिलाईदिने भन्दै पैसा बार्गेनिङ गर्ने ६ जना प्रकाउ

पोखरा:  लेकसाइडमा पर्यटकलाई अभद्र व्यवहार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले ६ जनालाई प्रकाउ गरेको छ । प्रहरीले लेकसाइड हल्लनचोकमा पर्यटकलाई अभद्र व्यवहार गरेको आरोपमा हिजो (मंगलबार) प्रकाउ गरेको हो । 


पोखरा महानगरपालिका–६ लेकसाइडस्थित हल्लनचोकमा पर्यटकहरुलाई बाटो छेक्ने, झोला तान्ने, होटल मिलाईदिन्छौ भनी पैसाको बार्गेनिङ गर्ने, सार्वजनिक स्थानमा होहल्ला गरी अशान्ति मच्चाउने जस्ता कार्य गरेको सूचनाको आधारमा ६ जनालाई प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


लेकसाइड बस्ने २२ वर्षीय सुदिप अर्याल, २६वर्षीय संदिप गिरी, १९ वर्षीय सुमन शर्मा, २० वर्षीय नेत्र बहादुर प्रधान, २३ वर्षीय सुशिल महतो र २६ वर्षीय राजन पौडेल अभद्र व्यवहार गरेको आरोपमा प्रकाउ परेका हुन् । 


उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य,  सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर अन्तर्गत अभद्र व्यवहार गर्न नहुने मुद्धामा ७ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

काठमाडौं:   सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ।  मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...

थप पढ्नुहोस्

पोखरा:  यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

थप पढ्नुहोस्