समीर सुनचाँदी पुनहिल कप भलिबलको फाइनलमा

पाेखरा | माघ २०, २०८०

समीर सुनचाँदी पुनहिल कप भलिबलको फाइनलमा

पोखरा:     पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको पाँचौ दिन चार खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत पुरुषतर्फका क्वाटरफाइनल र एक सेमीफाइनल खेल सम्पन्न भएका छन् । 


शुक्रबार भएको सेमीफाइनलमा  समीर सुनचाँदीले रामबजारलाई ३–२ को सेटमा हरायो । समिरले पहिलो सेट २५–२० र दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेपनि लागारत दुई सेट गुमायो । तेस्रो सेटमा २३–२५ र चौथो सेट १८–२५ ले गुमाएको समिरले अन्तिम सेटभने १५–१० ले हराउँदै फाइनलको यात्रा तय गरेको हो । समिरले अब भुक देउराली र माछापुच्छ«ेबिचको विजेतासँग फाइनल खेल्नेछ । उक्त सेमीफाइनल खेल भने प्रकाश अभावका कारण स्थगित भएको हो । 


त्यसअघि भएको  क्वाटरफाइनल खेलमा भुक देउरालीले पुन क्लबलाई २–१ को सेटमा हरायो । पहिलो सेट २४–२६ ले गुमाएको भुक देउरालीले दोस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो तथा अन्तिम सेट २६–२४ ले जित्दै सेमीफाइनलको यात्रा तय गरेको थियो । यस्तै माछापुच्छ«ेले सिद्धिकालीलाई २–१ कै सेटमा पाखा लगायो । माछापुच्छ«ेले पहिलो सेट २५–१४ जितेपनि दोस्रो सेट निकै रोमाञ्चक बन्दा माछापुच्छ«ेले २८–३० ले गुमाउन पुग्यो । तेस्रो सेटमा पुनः २५–१४ को सहज जित निकाल्दै सेमीफाइनलमा प्रवेश गरेको थियो । 


समिर सुन चाँदीले भुर्जुङखोलालाई २–० को सोझो सेटमा हराउँदै सेमीफाइनलमा प्रवेश गरेको हो पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको हो । 


पुन दिवस माघ १५ को अवसर पारेर पोखरा रामघाटस्थित समाजको खेल मैदानमा जारी प्रतियोगिताको क्वाटरफाइनलसम्म बेष्ट अफ थ्री अनुसार खेलाइएको छ भने, सेमीफाइनलदेखि बेष्ट अफ फाइभको आधारमा खेलाइएको छ । 


यस्तै प्रतियोगिताकोे भेट्रानतर्फ पोखरा भेट्रान र गगनगौडा भेट्रान फाइनल प्रवेश गरेको छ भने महिलातर्फ कावासेती र माछापुच्छ«े फाइनलमा प्रवेश गरेको छ । 


समाजले विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ १८, महिलातर्फ १४ र प्रौढतर्फ १२ टोलीको सहभागिता रहेको थियो ।
 

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्