आहा! रारा पोखरा गोल्डकप: फाइनल पुगेको पाँचौ पटकमा आर्मी च्याम्पियन
पाेखरा | माघ २०, २०८०

पोखरा: पोखरामा सम्पन्न भएको २३ औं संस्करणको आहा! रारा पोखरा गोल्डकपमा पहिलो पटक त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ ।
पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै आर्मीले पहिलो पटक उपाधि जितेको हो ।
यसअघि आर्मी २०७५ सालमा फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो । आर्मीले ५ वर्षपछि त्यसको बद्ला लिएको छ ।
२३ औं संस्करणको उपाधिसँग आर्मीले १२ लाख १ हजा नगदसहित शिल्ड प्राप्त गर्याे । यस्तै उपविजेता बनेको थ्री स्टारले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्याे ।
२०६५ सालयता पाँचौं पटकको फाइनलमा आर्मी विजेता बन्न सफल रह्यो । आर्मीलाई उपाधि दिलाउन कप्तान जेलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले समान १÷१ गोलको योगदान दिए ।
३८ औं मिनेटमा जिलेस्पीले हेडमार्फत गोल गरे । यस्तै खेलको ८३ औं मिनेटमा फत्तेमानले गोल गर्दै अग्रतालाई दोब्बर बनाए र इन्ज्युरी समयको चौथो मिनेटमा बसन्तले गोल गर्दै च्याम्पियन बन्ने पक्का गरे ।
यो संस्करणको फाइनलसँगै थ्री स्टारले ७ पटक फाइनल भिडेको छ भने ५ पटक च्याम्पियन बनिसकेको छ ।
पछिल्लो पटक २०७५ मा यिनै दुई टोली फाइनलमा भिड्दा थ्री स्टारले आर्मीलाई पाखा लगाएको थियो । त्यसअघि आर्मीले २०६५, २०६६ र २०७२ सालमा फाइनल खेलेको थियो ।
राइजिङ स्टार फुटबल क्लबलाई १–० गोल अन्तरले हराउँदै यात्राको सुरूवात गरेको आर्मीले क्वाटरफाइनलमा संकटालाई ३–० र सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेडमाथि २–१ जित निकाल्दै पाँचौं पटक फाइनल पुगेको थियो ।
अर्कोतर्फ उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई २–१ हराउँदै अघि बढेको थ्री स्टारले क्वाटर फाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेल माथि १–० जित निकाल्दै फाइनल पुगेको थियो ।
थ्रीस्टारले यसअघि २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ फाइनल खेल्दा २०७४ मा उपाधि जितिसकेको छ ।
२३ औं संस्करणसम्म आइपुग्दा नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ्दी क्लबले सर्वाधिक समान ६ पटक , थ्री स्टारले ५ पटक, संकटा क्लबले २ पटक, अफ्रिकन युनाइटेड, सहारा, एपिएफ र आर्मी समान १ पटक च्याम्पियन बनेका छन् ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...