२० वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार
गोरखा | माघ २२, २०८०
गोरखा: गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ । मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका(५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरेको उक्त शाखाको व्यवस्थापक मुना लामाले जानकारी दिनुभयो ।
परिवारका सदस्यले उपचार(प्रयास गरे पनि सम्भव नभएपछि उनलाई लामो समयदेखि कोठामा थुनेर राखिएको थियो । सिर्मललाई परिवारले कोठामा वरिपरि ढुङ्गामाटोको कोठा बनाएर अगाडि फलामे ढोका हालेर थुनेर राख्दै आएका थिए । खाना कोठाभित्र पुर्याउनका लागि फलामे ढोका मुनितिर केही भाग खुला छोडेर सिर्मललाई परिवारले कोठामै थुनेर राख्ने गरेको रहेछ, व्यवस्थापक लामाले भन्नुभयो, “गोरखा नगरपालिकाको समन्वयमा उनको उद्धार गरिएको हो ।”
घरमा कसैलाई नजिक आउन नदिने र सबैलाई कुटपिट गरी लखेट्ने गरेपछि गाउँमा असुरक्षा महसुस भएकाले सिर्मललाई लामो समयदेखि कोठामा थुनेर राखिएको परिवारको भनाइ थियो । सिर्मलकी आमा फिस्टी सिर्मलले छोराको उपचार गर्न नसकिएकाले एउटै कोठामै ओछ्यान र शौचालय समेतको व्यवस्था गरी थुनेर राख्नुपरेको बताउनुभयो । उनलाई उपचारका लागि ललितपुरको पाटन अस्पताल, भरतपुर अस्पताल र अल्का अस्पताल पुर्याइए पनि स्वास्थ्यमा कुनै सुधार नदेखिएकाले परिस्थिति जटिल हुँदै आएको थियो ।
वि.सं २०५८ देखि मङ्गलबाबुमा मानसिक समस्या देखिएको आमा फिस्टीको भनाइ थियो । गोरखा नगरपालिकाको उपप्रमुख मसलीमाया थोकर ९सपना पुन० सहित जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र पत्रकारलगायतको उपस्थितिमा उनलाई उद्धार गरिएको संयोजक लामाले बताउनुभयो । उद्धार गरिएका मङ्गलबाबुलाई पोखरास्थित मानवसेवा आश्रममा पुर्याइएको छ । उनलाई हेम्जास्थित उक्त आश्रमको शाखामा राखेर मनोचिकित्सकको प्रत्यक्ष रेखदेखमा उपचार हुने उहाँको भनाइ थियो ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...

