भेट्रान फुटबल: दोस्रो दिन ६ खेल सम्पन्न

पाेखरा | माघ २२, २०८०

भेट्रान फुटबल: दोस्रो दिन ६ खेल सम्पन्न

पोखरा:   पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगितामा सोमबार ६ खेल सम्पन्न भएका छन् । 


बगर भाइखलकको आयोजनामा आइतबारदेखि सुरु भएको दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा एक्स वारियर पोखराले सुनाखरी काठमाडौंलाई ३–० ले हराएको छ । एक्सको जितमा किशोरदेव थापाले दुई तथा सुशिल श्रेष्ठले एक गोल गरे । 


दोस्रो खेलमा चिया पप ठमेलले हरिवन भेट्रान सर्लाहीलाई ६–१ ले हरायो । चिया पपको जितमा सन्तोष नेपालीले दुई तथा मिलन अधिकारी, रमेश गुरुङ, विपिन शाही र मित्रबहादुर बस्नेतले समान एक÷एक गोल गरे । 


निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो खेलमा नाइट किंग काठमाडौंले लखन ब्रदर्श बुटवललाई टाइब्रेकरमा ४–३ ले हरायो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । नाइट किंगका लागि राकेश श्रेष्ठ र नवराज गौतमले गोल गरेका थिए भने लखनका लागि यामु राना र भरत गुरुङले गोलगर्दा खेल बराबरीमा सकिएको थियो । 

 

चौथो खेलमा फ्रिडम फाइटर काठमाडौंले भारतको खेलो भेट्रान देरादुनलाई ६–२ ले हरायो । फ्रिडमका लागि राजकुमार घिसिङले ह्याट्रिक गरे भने कमल विष्ट र विकर्ण श्रेष्ठले एक÷एक गोल गरे । देरादुनका लागि गोविन्द सिंह र मनिष शर्माले समान एक÷एक गोल गरे । 


पाँचौ खेलमा रोजरपाटी काठमाडौंले सिमरा भेट्रान माथि ३–० को जित हासिल ग¥यो । जोरपाटीका लागि सुरज सुवेदी, उमेश लामा र निमा लामाले गोल गरे । यस्तै दिनको अन्तिम खेलमा चावहिल काठमाडौंले एन.जेजे.वाई.सी सिमरालाई ४–१ ले हरायो । चवाहिलको जितमा कप्तान पासाङ शेर्पाले ह्याट्रिक गरे भने जगतमान लामाले एक गोल गरे समराका लागि राजु राईले एक गोल गरे । प्रतियोगिताअन्तरगत भोलि प्रिक्वाटरफाइनलका सात खेल हुनेछन् । 
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्