भेट्रान फुटबल: ४० वर्षमाथिको सेमीफाइनल समीकरण पुरा

पाेखरा | माघ २४, २०८०

भेट्रान फुटबल: ४० वर्षमाथिको सेमीफाइनल समीकरण पुरा

पोखरा:   पोखरामा जारी अन्तर्राष्ट्रिय भेट्रान एट ए साइड फुटबल प्रतियोगिताको ४० वर्ष माथि उमेर समूहको सेमीफाइनल समिकरण पुरा भएको छ । 


बगर भाइखलकको आयोजनामा पोखरा १ टुडिखेलमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइ खलक अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगितामा बुधबार ४० वर्षमाथिको क्वाटरफाइनल तथा ५० वर्ष माथिको एक क्वाटर र प्रिक्वाटरफाइनल खेल सम्पन्न भएको छ । 


४० वर्षमाथिको पहिलो क्वाटरफाइनल खेलमा एक्स वारियरले आयोजक बगर भाइखलकलाई टाइब्रेकरमा ५–४ ले हराउँदै सेमीफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयको खेलमा १–० को अग्रता लिएको बगरले थप गरिएको अतिरिक्त तीन मिनेटमा गोल खाँदै १–१ को बराबरीमा पुगेको थियो । 


दोस्रो क्वाटरफाइनल खेलमा जोरपाटी काठमाडौंले हेटौडा भेट्रानलाई ३–० ले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको छ । अब जोरपाटीले सेमीफाइनलमा एक्स वारियरको सामना गर्नेछ । 


तेस्रो क्वाटरफाइनल खेलमा नागस्वेती भेट्रानले थापा गाउँ भेट्रानलाई ३–२ ले पाखा लगाएको छ । अन्तिम क्वाटरफाइनल खेलमा ठमेलले चावहिल भेट्रानलाई ५–१ ले हराउँदै नागस्वेतीसँगको भेट पक्का गरेको हो ।


प्रतियोगितामा तीन विधाका खेलहरु भइरहेको छन् । ४० वर्ष उमेर समूहमाथि, ५० वर्ष उमेर समुह माथि र ६० वर्ष उमेर समूह माथिको खेल भइरहेको छ । बुधबार नै भएको ५० वर्षमाथिको प्रिक्वाटरफाइनलमा फ्रिडम धोलाहिटीले कुपण्डोल भेट्रानलाई ३–० ले पाखा लगाएको छ । सोही विधाको क्वाटरफाइनल खेलमा संगम भेट्रानले हेटौडा भेट्रानलाई ४–२ ले पाखा लगायो । भोलि तीन क्वाटरफाइनल खेल हुनेछन भने ४० वर्षमाथिको सेमीफाइनल खेल समेत हुनेछ । यस्तै ६० वर्षमाथिको सेमीफाइनल समेत भोलिनै हुने आयोजकले जानकारी दिएको छ । 

काठमाडौं:  आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यव...

थप पढ्नुहोस्

गोरखा:   गोरखा र लमजुङ जोड्ने बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेलको विकासका लागि दुई जिल्लाका पाँच पालिका जुटेका छन् । सो ट्रेलअन्तर्गत पर्ने गोरखाको बारपाक सुलिकोट र अजिरकोट गाउँपालि...

थप पढ्नुहोस्

ताप्लेजुङ: बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला गाउँपालिका–३, लेकुवाका  २६ वर्षका फुर्वा...

थप पढ्नुहोस्