सुनको तिलहरी र टपसहितको झोला चोरेर नारायणथानमा लुकेका थिए श्रेष्ठ
पाेखरा | माघ २६, २०८०
पोखरा: कास्की प्रहरीले विवाह समारोहबाट चोरी भएको झोलासहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १६ का ३५ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् ।
उनलाई प्रहरी टोलीले चोरी भएको केही समयमै पक्राउ गरिएको कास्की प्रहरीले बताएको छ ।
नदिपुरस्थित शाक्य समाज घरमा विवाहको पार्टीबाट काठमाण्डौकी ४५ वर्षीया ताराकुमारी लामिछानेको सुनको टप, तिलहरी र १७ हजार रुपैयाँसहितको ह्यााण्ड ब्याग चोरी भएको थियो ।
त्यसपछि प्रहरीलाई जानकारी गरेपछि ति श्रेष्ठलाई नारायणथानबाट केही समयमै पक्राउ गरिएको हो ।
पक्राउ परेका श्रेष्ठको साथबाट ब्याग, १२ हजार ५ सय रुपैयाँ, सुनको तिलहरी, टप, १ थान मोबाइल र चार्जर बरामद भएको छ ।
श्रेष्ठविरुद्ध चोरी सम्बन्धि मुद्धा दर्ता भई थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

