कालीगण्डकी नदीमा आज ड्राउ रिभर रेस र स्लालम विधामा प्रतिस्पर्धा हुँदै
पाेखरा | फागुन १, २०८०
पोखरा: गण्डकी प्रदेशलाई सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्याफटिङ च्याम्पियनसिप प्रतियोगिता दोश्रो दिन पनि जारी रहेका छन् ।
प्रतियोगिताको अन्तर्गत दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् ।
प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम दोश्रो भएको छ । त्यसै गरी सोही इभेन्टमा भोटे कोशी ‘बी’ समुह तेश्रो भएको छ ।
मेन्स स्प्रिन्ट हेड टु हेड प्रतियोगितामा प्याडल नेपाल ‘ए’ टिमले नै जित हासिल गरेको छ । त्यसै गरी भोटेकोशी ‘बी’ले दोश्रो स्थान हासिल गर्दा प्याडल नेपाल ‘बी’ ले तेश्रो स्थान प्राप्त गरेको प्रतियोगिता प्राविधिक समितिका संयोजक एवं नेपाल र्याफटिङ संघका मुख्य प्रशिक्षक नीम बहादुर थापा मगरले बताए ।
प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुले नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुने टिमहरुलाई नगद रु १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिए ।
उक्त प्रतियोगिता अन्तर्गत आज (मंगलबार) ड्राउ रिभर रेस र र्याफटिङतर्फको स्लालम हुने छ । आज सम्पन्न हुने प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित मेडल तथा प्रमाणपत्र वितरण गरिने परिषदका लेखा प्रमुख निलकण्ठ ढकालले जानकारी दिए ।
र्याफटिङतर्फ १२ टिम र कायाक स्लालम कानुको प्रतिस्पर्धामा ५० भन्दा बढि खेलाडीको सहभागिता रहेको प्राविधिक संयोजक मगरले बताए ।
प्रतियोगितामा सात प्रदेश, विभागिय टिम र अन्य क्लबहरुको समेत सहभागिता रहेको छ । सोही प्रतियोगिताबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागि हुने खेलाडीहरुको समेत छनौट हुने मगरले बताए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

