कास्कीको रुपामा अध्यक्ष कप भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख ५० हजार

पाेखरा | फागुन १, २०८०

कास्कीको रुपामा अध्यक्ष कप भलिबल प्रतियोगिता, उपाधि राशी १ लाख ५० हजार

पोखरा:     कास्की रुपा गाउँपालिकाले स्थापना दिवसमा अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबलसँगै विविध कार्यक्रम गरेर मनाउने भएको छ । 


गाउँपालिकाले आज (मंगलबार) पोखरामा पत्रकार सम्मेलन गर्दै स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म कार्यक्रम गरी मनाउने जानकारी दिएको हो । 


रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता,झाँकी प्रदर्शनी र माला प्रतियोगिता आयोजना गरेको बताए । 


‘हामीले गाउँपालिका स्थापना दिवस फागुन २४ देखि २७ गतेसम्म विविध कार्यक्रम आयोजना गरेर मनाउँदै छौं’, अध्यक्ष ओझाले भने, ‘स्थापना दिवसमा भलिबल प्रतियोगिता देखि, कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न झाँकी प्रदर्शनी, माला प्रतियोगितासँगै रुपा रत्न पुरस्कार वितरण गरेर मनाउँदै छौं ।’


उनका अनुसार फागुन २४ देखि सञ्चालन हुने अध्यक्ष कप खुल्ला वडास्तरीय पुरुषभलिबल प्रतियोगिताको विजेताले १ लाख ५०,  उपविजेताले ८० हजार, तेस्रो हुने टिमले ४० हजार र सान्त्वना हुने टिमले २० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट सर्भर, ब्लकर, सेटर, लिब्रो, स्पाइकर र प्रशिक्षकले जनही २÷२ हजारसहित ट्रफि प्राप्त गर्नेछन् । 


यस्तै कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न गाउँपालिकाले स्थापना दिवसमा विभिन्न जातजातिको झाँकी प्रदर्शन प्रतियोगिता समेत आयोजना गरेको छ । रुपा गाउँपालिकास्तरीय झाँकी प्रदर्शन प्रतियोगितामा ३५ जनाको समूहमा ५ जना ३० वर्र्षको भन्दा कम उमेरको अनिवार्य हुनुपर्ने अध्यक्ष ओझाले बताए । 


झाँकी प्रदर्शन प्रतियोगिताको विजेताले ३० हजार, उपविजेताले २० हजार, तेस्रो हुनेले १० हजार र सान्त्वना हुनेले ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।


यस्तै माला प्रतियोगिताको विजेताले ६ हजार, उपविजेताले ४ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


गाउँपालिकाले प्रदान गर्दै रुपा रत्न पुरस्कार २०८० यसपटक गाउँपालिका भित्र कृषकहरुलाई प्रोत्साहन गर्ने उद्धेश्यले कृषि पेशामा उत्कृष्ट रहेका कृषकहरुलाई ५ हजार नगदसहित ताम्रपत्र र दोसल्लासहित सम्मान गर्ने जनाइएको छ । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्