जग्गा बाँझो राख्ने प्रबृत्तिप्रति मन्त्री बुढाद्वारा चिन्ता व्यक्त

पाेखरा | असार १४, २०७९

जग्गा बाँझो राख्ने प्रबृत्तिप्रति मन्त्री बुढाद्वारा चिन्ता व्यक्त

 

पोखरा :        गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत जनतालाई सम्बृद्ध बनाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । कृषिको विविधिकरणमा गण्डकी प्रदेश एक नम्बर रहेको बताउँदै बुढाले मन्त्रालय कृषि उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउन लागि परेको बताउनुभो ।

 

पोखराको हेम्जा स्थित मानव सेवा आश्रममा आयोजित कृषि सामग्री वितरण कार्यक्रममा उहाले सो बताउनुभएको हो । सो अवसरमा उहाँले सरकार कृषिमा आत्मनिर्भर बनाउन लागि परेको भएता पनि जग्गा बाँझो राख्ने प्रबृत्ति बढेकोमा चिन्ता व्यक्त गर्नुभयो । मानिसहरु सुखको खोजीमा लाग्ने प्रबृत्तिमा लागेको भन्दै उहाँले जग्गा बाँझो राखेर विदेशबाट आयात गरेर सम्बृद्धि नआउने तर्क गर्नुभयो ।

 

भूमी व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशको समन्वयमा कृषि ज्ञान केन्द्र, कास्कीबाट मानव सेवा आश्रमलाई कृषि सामग्री वितरण गरिएको हो ।

 

सो अवसरमा मन्त्री बुढाले ३ थान टनेल जाली, फलफूलका बिरूवा र तरकारीको बिउबिजन लगायतका सामाग्री आश्रमलाई हस्तान्तरण गर्नुभएको थियो । 
 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्