विश्वकप लिग–२ नेपाल र नामिबिया खेल्दै
काठमाडाैं | फागुन ३, २०८०
काठमाडौं: आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत २०२४–२७ सिजनको पहिलो सिरिज नेपालमा आजदेखि सुरु हुँदैछ । पहिलो खेलमा नेपाल र नामिबिया भिड्दैछन् ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल विहान ९:३० बजे सुरु हुनेछ । दुवै टोलीले जितका साथ लिग–२ को सुरुवात गर्न चाहन्छन् । नेपालले घरेलु मैदानमा भएको अघिल्लो भेटमा नामिबियालाई दुवै अवसरमा हराएको थियो । यता नामिबिया भने यसपटक उक्त हार बिर्साएर सुखद सुरुवातको लक्ष्यसहित आएको छ ।
गत वर्ष कुशल भुर्तेलले नामिबियाविरुद्ध शतक प्रहार गरेका थिए । त्यस्तै पूर्वकप्तान पारस खड्काले पनि २०१६ मा टियु मैदानमै नामिबियाविरुद्ध शतक बनाएका थिए ।
नेपालले आजको खेलमा अलराउन्डर दीपेन्द्रसिंह ऐरीको साथ पाउनेछैन । नामिबियाले पनि अलराउन्डर डेविड विजाबिना नै आफ्नो टोली घोषणा गरेको छ ।
नेपालको टोली: रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ
नामिबियाको टोली: जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिट (उपकप्तान), माइकल भान लिंगेन, निकोल लोफ्टि(इटन, सन फौसी, बेन शिकोंगो, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल, बर्नार्ड स्कोल्ज, जेपी कोट्जे, मलान क्रुगर
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

