पाल्पाली सहकारीको चौंथो वार्षिकोत्सवमा रक्तदान
पाेखरा | असार १४, २०७९
पोखरा : पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौंथो वार्षिकोत्सव अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम भएको छ । कार्यक्रममा ३१ जनाले रक्तदान गरे ।
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पाल्पाली समाज पोखराले लामो समयदेखि गर्दै आएको सामाजिक क्रियाकलापलाई आपूmले नजिकबाट हेरेको बताए । उनले पाल्पासँग पारिवारिक सम्बन्ध समेत रहेको उल्लेख गर्दै वडा कार्यालयले आगामी दिनमा सक्दो सहयोग गर्ने बताए । उनले पोखराको नयाँबजार र न्युरोड क्षेत्रमा स्ट्रिट नम्बर राख्ने तयारी गरिएको पनि जानकारी दिए ।
नेपाल स्वयंसेवी रक्तदाता समाजका कास्की अध्यक्ष वीरेन्द्र पराजुलीले रक्तअभाव खड्किएको माग पूरा गर्दै आफ्नो संजाल ३५ जिल्लामा बिस्तार भएको जनाए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले अन्य चिजबस्तु जस्तो रगत बनाउन नसकिने र यसको मद्दतले मानवको जीवन बाँच्न सक्ने भएकोले रक्तदान जीवनदान र जीवनदान महादान भएको उल्लेख गरे ।
सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार समिति संयोजक लोकनाथ काफ्ले, सल्लाहकार जनपुकार मुनकर्मीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सहकारी लेखा सुपरीवेक्षण समितिका संयोजक नारायणप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन कार्यक्रम संयोजक एवं संस्थाका सचिव रेशम रचकले गरेका थिए । कार्यक्रममा प्राविधिक सहयोग रक्तसञ्चार केन्द्र पोखराले गरेको हो ।
पहिलो रक्तदाता सेयर सदस्य इन्दिरा पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको कार्यक्रम सहकारीको कार्यालय पोखरा ९, नयाँबजार परिसरमा भएको हो । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत नियमित रुपमा रक्तदान कार्यक्रम गर्दै आएको पाल्पाली समाज पोखराका अध्यक्ष समेत रहेका सहकारी सचिव रचकले बताए । सहकारी वार्षिकोत्सव अवसरमा केही दिनअघि आनन्दित गृहमा युरोगार्ड सहयोग गरिएको थियो ।
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

