बिटी कप: मालेपाटनविरुद्ध डिफेण्डिङ च्याम्पियन गन्नीको सँघर्षपूर्ण जीत
दोस्रो चरणका खेल जारी
पाेखरा | फागुन ५, २०८०
पोखरा: बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा जारी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगितामा शनिबार दोस्रो चरणका ८ खेल सम्पन्न भएका छन् ।
पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (शुक्रबार) भएको पहिलो खेलमा भिमकाली क्लबले जि नाइन युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै भिमकाली क्लब प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।
भिमकालीको जीतमा नरेश केसी र किशोर बरामले समान १ गोल गरे ।
यस्तै दोसो खेलमा रामघाट एफसीले भदौरे एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै रामघाट अघिल्लो चरणमा प्रवेश गर्याे । रामघाटको जीतमा सविन थापाले २ र अर्जुन मगरले १ गोलको योगदान दिए भने भदौरेको तर्फबाट उत्सव श्रेष्ठले सान्त्वना १ गोल फर्काए ।
तेस्रो खेलमा तारा एफसीले माछापुच्छ्रेलाई २–० गोल अन्तरले पराजित गर्याे । ताराको जीतमा राम थापा र विश्व थापाले समान १ गोल गरे ।

यस्तै चौथो खेलमा केआइइसी बुनले बानियाँ ब्रदर्शलाई १–० गोल अन्तरले हरायो । बुनको जीतमा आशिष गुरुङले निर्णायक गोल गरे ।
पाँचौ खेलमा गन्नी एफसीले मालेपाटन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान पक्का गर्याे । डिफेण्डिङ च्याम्पियन गन्नीको जीतमा खिम गुरुङले निर्णायक गोल गरे ।
छैटौं खेलमा तारा एफसी ‘ए’ ले भ्याली स्पोर्टस्लाई २–१ गोल अन्तरले हरायो । ताराको जीतमा क्षितिज जिटी र टिकाराज गुरुङले समान १ गोल गरे भने भ्यालीका लागि विष्णु गुरुङले सान्त्वना १ गोल फर्काए ।
सातौं खेलमा एलसी ब्रदर्शले पिपलडाली क्लबलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै एलसी ब्रदर्श प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । एलसीको जीतमा अजित गुरुङले ५ गोलको योगदान दिए भने धनराज मगर र अमृत मगरले समान १ गोल गरे ।
यसैगरी एलजी आरवाइसी काठमाडौं र पोखरा म्युजिक हाउसबीच भएको अन्तिम खेल गोलरहित बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा काठमाडौंले पोखरा म्युजिक हाउसलाई ४–३ गोल अन्तरले पराजित गर्दै काठमाडौं प्रिक्वाटरफाइनलमा प्रवेश गरेको खेल संयोजक रामकाजी गुरुङले जानकारी दिए ।
उनका अनुसार आइतबारपनि दोस्रो चरणका खेल हुनेछन् भने सोमबारदेखि प्रिक्वाटरका खेल हुनेछ ।
सो प्रतियोगिताको विजेताले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, शिल्ड तथा मेडलसहित प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ट्रफिसहित नगद रु १० हजार हात पार्नेछ भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर र सर्वाधिक गोलकर्तालाई जनही ८/८ हजार रुपैयाँ र ट्रफि प्रदान गरिनेछ भने अनुशासित एक टिमलाई १० हजार रुपैयाँसहित ट्रफि प्रदान गरिनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

