पोखरामा अमेरिकलन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गर्ने प्रकाउ

पाेखरा | फागुन ६, २०८०

पोखरामा अमेरिकलन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गर्ने प्रकाउ

पोखरा:   पोखरामा अमेरिकन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा मेगबहादुर तामाङलाई प्रहरीले प्रकाउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामले सिन्धुपाल्चोक बाह्रविसेका ३१ वर्षीय तामाङलाई हिजो (शनिबार) पोखरा–१८ खपौदीबाट प्रकाउ गरेको हो । 


सिन्धुपाल्चोक बाह्रविसे घर भई पोखरा घुम्न आएका तामाङलाई अमेरिकन डलरको बिचमा नेपाली रुपैयाँ राखेर ठगी गरेको आरोपमा प्रकाउ गरेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । 


प्रकाउ परेका तामाङको साथबाट प्रहरीले अमेरिकन डलर ५० को ५ थान, नेपाली २० रुपैयाँको ४ सय ५० थान रुपैयाँ बरामद गरेको छ । 


प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्धामा ७ दिनको म्याद थप गरे अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।  
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्