वाफ च्याम्पियनसिपमा आज नेपाल र सिरिया खेल्दै
काठमाडाैं | फागुन ८, २०८०
काठमाडौं: पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा सहभागिता जनाउन साउदी अरेबियामा रहेको नेपाली महिला टोलीले आज समूह चरणको पहिलो खेलमा सिरियाको सामना गर्दै छ । खेल नेपाली समय अनुसार ७:४५ बजे किंग अब्दुल्लाह स्पोर्ट्स सिटी रिजर्व स्टेडियममा सुरु हुने छ ।
नेपाल गुआम संगै प्रतियोगितामा आमन्त्रित टोली हो । नेपाली टोलीमा भारतीय लिग खेलिरहेका ६ जना सहित फ्रान्सको शीर्ष डिभिजन खेलिरहेकी सावित्रा भण्डारी समेत रहेकी छिन् । साम्बा हिजो साउदी अरेबिया पुगेकी हुन् ।
उमेर समुहमा खेलिसकेका फरवार्ड चन्द्रा भण्डारी र मिडफिल्डर सरस्वती हमाल पहिको पटक राष्ट्रिय महिला टोलीमा पर्न सफल भएका छन् ।
नेपाल रहेको समूहमा प्यालेस्टाइन, सिरिया र इराक छन् । अर्को समूहमा आयोजक साउदी , ग्वाम, लेबनान र जोर्डन छन् ।
हिजो भएका समूह ए का खेलमा लेबनानले गुआममाथि ४–३ को जित निकालेको थियो भने जोर्डनले घरेलु टोलीमा साउदी अरेबिया माथि ३–१ को जित निकालेको हो ।
दुवै समूहका शीर्ष दुई टोलीले सेमीफाइनलको यात्रा तय गर्ने छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

