गण्डकी प्रदेशलाई राइनो कप गोल्डकपको उपाधि

पाेखरा | फागुन ९, २०८०

गण्डकी प्रदेशलाई राइनो कप गोल्डकपको उपाधि

पोखरा:    गण्डकी प्रदेशले  छैटौँ राइनो संरक्षण गोल्डकपको उपाधि जितेको छ। राइनो रंगशालामा बुधबार सम्पन्न फाइनलमा सेन्टर कलेज अठ्ठाइस बिघा कावासोतीलाई २–१ गोल अन्तरले हराउँदै गण्डकीले उपाधि जितेको हो। 


उपाधिसँगै गण्डकीले नगद आठ लाख रुपैयाँसहित ट्रफी हात पारेको छ। प्रतियोगिताको उपविजेता सेन्टर कलेज अठ्ठाइस बिघाले चार लाख हात पारेको छ। 


प्रतियोगितामा विभागीय टिम प्रदेशस्तरको टिमसहित १२ टिमको सहभागिता थियो।


विश्वकै दुर्लभ एकसिँगे गैँडा संरक्षणको उद्देश्य राखेर विगत २० वर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता हुँदै आएको छ।

म्याग्दी:  कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो ।  ...

थप पढ्नुहोस्

काठमाडौं:  स्थानीय बजारमा सुनचाँदीको मूल्य केही घटेको छ । सुन प्रतितोला रु एक हजार ४०० र चाँदी प्रतितोला रु ४५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु दुई लाख ...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्