आचार्य र शाहबीच भेटवार्ता

महानगरका मेयरहरुको भेला पोखरामा हुने

काठमाडाैं | असार १५, २०७९

आचार्य र शाहबीच भेटवार्ता

पोखरा:  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र  शाह बीच भेटवार्ता भएको छ ।

 

काठमाडौं महानगरपालिका कार्यालयमा प्रमुख आचार्य र शाहबीच मंगलबार भेटवार्ता भएको हो ।

 

भेटका अवसरमा बजेट निर्माण, राजश्व संकलन तथा अन्य समसामयिक बिषयमा छलफल भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए । साथै प्रमुख आचार्यले पोखरामा हुने महानगर प्रमुखहरुको भेलामा सहभागि हुन दिएकोे निम्तो काठमाडौं महानगरका प्रमुख शाहले स्विकार गरेका छन् । 

 

साउनको पहिलो हप्ता देशभरका ६ वटै महानगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरा हुँदैछ । प्रमुख आचार्यका अनुसार अहिलेसम्म चार वटा महानगरका प्रमुखले निम्तो स्विकार गरिसकेका छन् भने एउटा महानगरमा निम्तो गर्न बाँकी छ ।

 

उक्त भेलामा प्रदेश सरकार र केन्द्र सरकारसंगको सम्बन्ध महानगरपालिका प्रमुखहरु बीच अनुभव आदानप्रदान र विविध योजनाका विषयमा छलफल हुनेछन् । ‘हामीले साउनको पहिलो हप्ता पोखरामा ६ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला आयोजना गरेका छौं । यसको ठ्क्कै मिति भने तय भइसकेको छैन । एउटा बाहेक सबै महानगरमा हामीले निम्तो पठाइसकेका छौं । सबै आउने निस्चित भइसकेको छ । मंगलबार काठमाडौंका प्रमुख बालेन्द्र शाहलाई पनि निम्तो दिएका छौं । उहाँसहित निम्तो प्राप्त गनुभएका प्रमुख ज्युहरुले आउने बचन दिनुभएको छ । यो भेलाले महानगर बीच अनुभव आदानप्रदानमा सहयोग पुग्छ । विकास निर्माण लगायत संघ र प्रदेश सरकारसंगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुन्छ’ प्रमुख आचार्यले भने । 

 

यसैबीच प्रमुख आचार्यले मंगलबार नै काठमाडौंमा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबीर पुनसंग पनि भेटवाता गरेका छन् । उक्त अवसरमा आविस्कार केन्द्रमा आविस्कार भएका सामग्रीहरु पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

 

‘आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनसंगको भेटमा उहाँहरुका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौं । महानगरको हित हुने उपकरणको विषयमा जानकारी दिनुस् भनेका छौं । उहाँले पनि निकै रचनात्मक सुझाव र जानकारी दिनुभएको छ । जो पोखरा महानगरका लागि निकै उपयोगी हुन सक्छ भन्ने लागेको छ । पछि पुन बसेर बिस्तिृत सल्लाह गर्ने कुरा भएको छ’ प्रमुख आचार्यले भने । 
 

पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री कार्कीले इलाम क्षेत्र नं २ का निवर्तमान सांसद सुहाङ न...

थप पढ्नुहोस्

पोखरा:  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  आइतबार क्याम्पस परिस...

थप पढ्नुहोस्