राष्ट्रिय फुटबल टोलीका कप्तान किरणलाई पुत्र लाभ
काठमाडाैं | फागुन ११, २०८०
काठमाडौं: राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई पुत्र लाभ भएको छ ।
मेडिसिटी अस्पतालमा पत्नी कन्चन निरौलाले शुक्रबार दिउँसो करिब १२ बजे पुत्रलाई जन्म दिएको किरणले बताएका छन् । उनीहरुको यो पहिलो सन्तान हो ।
किरण र कन्चनको गत वर्ष भदौ १५ गते विवाह भएको थियो । उनीहरुले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । किरण राउन्ड ग्लास पन्जाब एफसीबाट इन्डियन सुपर लिग
(आइएसएल) टोलीबाट व्यवसायिक फुटबल खेल्दै आएको छन् । किरण भारतबाट दुई दिन अघि स्वदेश फर्केका थिए ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

