नवलपुरलाई हराउँदै पर्वत तेस्रो

उपाधिका लागि बागलुङ र स्याङ्जा खेल्दै

विराटनगर | फागुन १३, २०८०

नवलपुरलाई हराउँदै पर्वत तेस्रो

पोखरा:     स्याङ्जाको चापाकोटमा जारी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा जिल्ला भलिबल संघ पर्वत तेस्रो भएको छ । 


आइतबार सम्पन्न भएको तेस्रो स्थानको खेलमा जिल्ला भलिबल संघ पर्वतले नवलपुरलाई ३–० को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको हो । 


पर्वतले नवलपुरलाई २५–१८, २५–२३ र २५–१७ ले पराजित ग¥यो । तेस्रो भएको जिल्ला भलिबल संघ पर्वतले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । 


यस्तै स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि जिल्ला भलिबल संघ बागलुङ र स्याङ्जाबीच प्रतिस्पर्धा हुने संयोजक राजन दर्लामीले जानकारी दिए । 


स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता ७ जिल्लाको सहभागिता रहेको छ । 


चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा गण्डकी प्रदेशका भलिबल खेलाडी स्वर्गीय सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । 


स्याङ्जाको चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक दर्लामीले बताए । 


उनका अनुसार प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 


चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुदै छ । 


 

म्याग्दी:  मङ्गला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु पेल्ने चलनलाई निरन्तरता दिएका छन् ।  मङ्गला गाउँपालिका–२ सिमका स्वर्गीय रामबहादुर खत्रीले एक सय वर्षअघि भारतको कोलकाताबाट...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता अन्तरगत बिहीबार विभिन्न खेल सम्पन्न भएका छन् ।  बिहीबार भएका ...

थप पढ्नुहोस्

पोखरा:  पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो  । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...

थप पढ्नुहोस्