मन्त्री वा नेतासँग खिचेको फोटो देखाएर अनुचित आश्वासन दिए उजुरी दिन रास्वपाको आग्रह
काठमाडाैं | फागुन २४, २०८०
काठमाडौं: सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री, नेतासँग फोटो खिच्ने र ती फोटो सामाजिक सञ्जालमा राखेर आम जनतासम्म अनावश्यक रवाफ प्रस्तुत गर्नेप्रति सचेत रहन आग्रह गरेको छ । बिहीबार पार्टीले विज्ञप्ति जारी गर्दै अनावश्यक रवाफ आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने जस्ता गलत अभ्यासहरू पनि देखिएकाले त्यसतर्फ सचेत गराएको हो ।
यस्तो संस्कारले दम्भको प्रदर्शनबाहेक पार्टी, समाज र देशलाई कुनै फल नदिने सो पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ। साथै कोही व्यक्तिले मन्त्रीको नजिक छु भनेर आश्वासनका कुरा गरेमा सचेत रहन आग्रह गरेको हो ।
‘कुनै पार्टी सदस्य वा व्यक्तिले मन्त्रीको नजिक छु भनी कुनै आश्वासनका कुरा गर्दछ भने त्यस्ता व्यक्तिसँग सचेत रही भ्रममा नपर्न अनुरोध गर्दछौँ । मन्त्रीसँग नजिक छु, फोटो खिचेको छु भनेर अनुचित लाभ उठाउन सक्नेप्रति हामी सचेत छौँ, जनता पनि यसमा सचेत हुन आवश्यक छ । यदि कसैले त्यसो गरेको पाइएमा तुरुन्त पार्टीमा उजुरी गर्नुहोला । कोही कसैको नजिक भएकै आधारमा हाम्रा मन्त्रीहरूले कुनै काम गर्ने छैनन् भन्नेमा विश्वस्त पार्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले त्यस्तो कुनै पनि भनसुन र चाकडीबाजीलाई प्रश्रय नदिने र आफ्नो कर्तव्यमा समर्पित रहने कुरा स्पष्ट पारेको छ ।

गलकोट: चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ–१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक ब...
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

