मन्त्री वा नेतासँग खिचेको फोटो देखाएर अनुचित आश्वासन दिए उजुरी दिन रास्वपाको आग्रह

काठमाडाैं | फागुन २४, २०८०

मन्त्री वा नेतासँग खिचेको फोटो देखाएर अनुचित आश्वासन दिए उजुरी दिन रास्वपाको आग्रह

काठमाडौं:   सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री, नेतासँग फोटो खिच्ने र ती फोटो सामाजिक सञ्जालमा राखेर आम जनतासम्म अनावश्यक रवाफ प्रस्तुत गर्नेप्रति सचेत रहन आग्रह गरेको छ । बिहीबार पार्टीले विज्ञप्ति जारी गर्दै अनावश्यक रवाफ आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने जस्ता गलत अभ्यासहरू पनि देखिएकाले त्यसतर्फ सचेत गराएको हो ।


यस्तो संस्कारले दम्भको प्रदर्शनबाहेक पार्टी, समाज र देशलाई कुनै फल नदिने सो पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ। साथै कोही व्यक्तिले मन्त्रीको नजिक छु भनेर आश्वासनका कुरा गरेमा सचेत रहन आग्रह गरेको हो ।  


‘कुनै पार्टी सदस्य वा व्यक्तिले मन्त्रीको नजिक छु भनी कुनै आश्वासनका कुरा गर्दछ भने त्यस्ता व्यक्तिसँग सचेत रही भ्रममा नपर्न अनुरोध गर्दछौँ । मन्त्रीसँग नजिक छु, फोटो खिचेको छु भनेर अनुचित लाभ उठाउन सक्नेप्रति हामी सचेत छौँ,  जनता पनि यसमा सचेत हुन आवश्यक छ । यदि कसैले त्यसो गरेको पाइएमा तुरुन्त पार्टीमा उजुरी गर्नुहोला । कोही कसैको नजिक भएकै आधारमा हाम्रा मन्त्रीहरूले कुनै काम गर्ने छैनन् भन्नेमा विश्वस्त पार्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ । 


रास्वपाले त्यस्तो कुनै पनि भनसुन र चाकडीबाजीलाई प्रश्रय नदिने र आफ्नो कर्तव्यमा समर्पित रहने कुरा स्पष्ट पारेको छ ।

 

लेखनाथ:    महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ ।   शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...

थप पढ्नुहोस्

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...

थप पढ्नुहोस्

पोखरा:    जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

थप पढ्नुहोस्