गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता चैत्रको अन्तिम साता
पाेखरा | फागुन ३०, २०८०
पोखरा: गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिता आगामी चैत्रको अन्तिम साता हुने भएको छ ।
उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश फुटबल संघको व्यवस्थापनमा हुन लागेको हो ।
सो प्रतियोगिता चैत्र २५ देखि ३० गतेसम्म पोखरा रंगशालामा आयोजना हुने गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रदेश खेलकुद परिषद गण्डकीका कार्यकारी सदस्य दिल बहादुर गुरुङको संयोजकत्वमा गठित आयोजक समितिको बैठकले प्रतियोगिताको मिति निर्धारण गर्दै गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट टिमको सहभागिता गराइने बताइएको छ ।
नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको पहिलो चरणको तयारी सुरु भएको गण्डकी प्रदेश फुटबल संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिए।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

