मृगौला पीडित गुरुङलाई लामा अमृत फाउण्डेशनको आर्थिक सहयोग
पाेखरा | फागुन ३०, २०८०
पोखरा: मृगौला पीडित विवेक गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले आर्थिक सहयोग गरेका छन् । फाउण्डेशनका संस्थापक गुरुङले देश तथा विदेशबाट संकलन भएको ९० हजार ५ सय ५ रुपैयाँ मृगौला पिडित गुरुङलाई आज निवासमै पुगेर हस्तान्तरण गरे ।
कास्कीको मादी गाउँपालिका–७ घर भई पोखरा बस्दै आएका २५ वर्षीय विवेक गुरुङले विगत एक वर्षदेखि डायलासिस गर्दै आएका छन् ।
परिवारको आर्थिक अवस्था कमजोर भएपछि गुरुङको उपचारार्थमा सहयोग पु¥याउने उद्धेश्यले सहयोग संकलन गरेर आर्थिक सहयोग गरेको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले बताए ।
‘लामा अमृत फाउण्डेशन घान्द्रुकले खेलकुददेखि सामाजिक कार्यमा सहयोग गर्दै आएको छ’, संस्थापक गुरुङले भने, ‘मृगौला पिडित विवेक गुरुङको परिवारले उपचारमा सहयोग गर्न अपिल गरेपछि सहयोग संकलन गरेर परिवारलाई हस्तान्तरण गरेको छु । र सबैलाई सक्दो सहयोग गर्नसमेत अपिल गर्दछु ।’
मृगौला पीडित विवेकको उपचारका लागि देश तथा विदेशमा रहेका नेपाली दाजुभाईबाट सहयोग संकलन गरेर हस्तान्तरण गरेको फाउण्डेशनका संस्थापक गुरुङले बताए ।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गर्न विवेककी आमा चुनमाया गुरुङले अपिल गरिन् ।
‘छोरा भर्खर २५ वर्ष पुगेको छ, कमाउने उमेरमा छोरालाई यस्तो रोगले समायो’, गुरुङले भनिन्, ‘म आफै मृगौला पीडित छु, दुईवर्ष अगाडि एउटा मृगौला फाले, छोराको उमेर छ कमाउला भन्ने आशा छ, छोराको मृगौलाको उपचारको लागि सहयोग गर्न सबैलाई अपिल गर्छु ।’
मृगौला पीडित विवेक गुरुङलाई सहयोग गर्न प्रिती गुरुङको लक्ष्मी सनराइज बैंकको खाता नम्बर ११००६७८१९४२२५००१ मा सहयोग गर्न सक्ने परिवारले जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

