पोखरामा बाहिनीपति कप सुरु
पाेखरा | चैत ७, २०८०
पोखरा: सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयको आयोजनामा पोखरामा ‘बाहिनीपति कप २०८०’ सुरु भएको छ ।
नेपाल सशस्त्र प्रहरी बलले फागुन र चैत्र महिनालाई खेलकुद महिना घोषणा गरी देशै भरका सशस्त्र प्रहरी कर्मचारिहरुको शारीरिक, मानसिक विकास तथा आपसी भाइचारा अभिवृद्वि गर्ने उदेश्यसहित पोखरामा पनि बाहिनीपति कप सुरु भएको हो ।
उक्त कप आगामी ११ गतेसम्म सञ्चालन हुनेछ ।
बाहिनीपति कपको उद्घाटन बाहिनीका सहायक बाहिनिपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णराज पाठकले गरे ।
सो अवसरमा बोल्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पाठकले सशस्त्र प्रहरी कर्मचारिहरुको शारीरिक, मानसिक विकास तथा आपसी भाइचारा अभिवृद्वि गर्न उक्त प्रतियोगिताले सघाउ पुर्याउने धारणा राखे ।
उक्त प्रतियोगितामा गण्डकी प्रदेश भित्रका सबै इकाईहरुको सहभागिता रहेको छ ।
उक्त कपमा भलिबल तथा एथ्लेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको छ । सो कपमा गण्डकी प्रदेश अन्तरगतका ३० जना महिला सशत्र प्रहरी कर्मचारीसहित कुल २१७ जना सशस्त्र प्रहरी कर्मचारीको सहभागिता रहेको छ ।
सोही कपबाट छनोट भइ आइजिपी कपमा भाग लिने सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयले जनाएको छ ।
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...
पोखरा: दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहि...

