फिफा विश्वकप छनोट: आज नेपाल र बहराइन खेल्दै
काठमाडाैं | चैत ८, २०८०
काठमाडौं: फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको राष्ट्रिय रङ्गशालामा हुनेछ । यो खेल नेपालमै हुने तय भएकोमा दशरथ रङ्गशाला मैदान खेल्नका लागि उपयुक्त नभएपछि बहराइनमा हुन लागेको हो ।
पहिलो चरणको खेलमा नेपाल लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको थियो। नेपालले अर्को खेल मंगलबार बहराइनमै खेल्ने छ ।
समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल युएई र यमनसँग पराजित भइसकेको छ ।
यो समूहमा नेपाल, बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।
चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने दुई टोली विश्वकपको तेस्रो चरणका लागि छनोट हुनेछन् । यस्तै, अन्तिमका दुई टोलीको विश्वकप छनोट यात्रा सकिने छ भने एसिया कपको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...
पोखरा: यसपालीको पोखरा सडक महोत्सव विशेष हुने भएको छ । किनकी रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवमा यस वर्ष हिट्स अफ नाईन्टिज गुञ्...

