सिक्री लुट्न नक्कली सुनको प्रयोग, महेन्द्रपुलबाट लुटिइन् गुरुङ

कास्की | असार १६, २०७९

सिक्री लुट्न नक्कली सुनको प्रयोग, महेन्द्रपुलबाट लुटिइन् गुरुङ

कास्की:    पोखराको मुख्य चोक महेन्द्रपुलबाट एक महिला लुटिएकी छिन् ।  आफ्नो छोरीलाई भेट्न आएकी तनहुँ खैरेनीकी ६७ वर्षिया जिमाया गुरुङ आज (बिहिबार) दिउँसो करिब २ बजे पोखरा ९ महेन्द्रपुलबाट लुटिएकी हुन् । 

 

प्रहरी स्रोतका अनुसार दुई अज्ञात व्यक्तिको समुहले नक्कली सुनको धातु देखाएर गुरुङको १ तोलाको सुनको सिक्री चोरी फरार भएका थिए । अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको टोली फरार द्वयको खोजीकार्य तिब्र पारेको बताइएको छ । 
 

 

फुटपाथमा भेट गल्लीमा लुट

 

दिउँसो २ बजे महेन्द्रपुलको फुटफाटमा लुटेराहरुले जिमायालाई भेटे र फकाउँदै साँघुकोमुख भित्रको गल्लीमा पुर्याए । 

 

नक्कली सुनको धातुसहित चोर्ने उद्देश्यसहित बजार घुमेका उनीहरुले गुरुङलाई आफुहरुसँग गुरुङले लागाएको सिक्रीभन्दा बढिको सुन रहेको बताए । त्यसपछि उनीहरुले गुरुङले लगाएको सुनको सिक्रीभन्दा बढिको सुन दिने भन्दै प्रलोभनमा पारि नक्कली सुनको धातु भिडाएर फरार भएको बताइएको छ । 

 

त्यसपछि उनले कास्की प्रहरीलाई जानकारी गराएकी थिइन् । तनहुँकी जिमाया अन्नपूर्ण सुपरमार्केटमा कार्यरत आफ्नी छोरीलाई भेट्न पोखरा आएकी थिइन् । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्