पोखरामा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको पेट्रोल पम्प २४ सै घण्टा खुल्ने
पाेखरा | चैत ८, २०८०
पोखरा: पोखराको मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेशन २४ घण्टा सै घण्टा खुल्ला रहने भएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरिरहेका पेट्रोल पम्प अबदेखि २४ सै घण्टा खुल्ने भएका हुन् ।
नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गरिने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेशनसँगै मुख्य पर्यटकीय क्षेत्र स्थल सहित अन्य अत्यावश्यक वस्तु र सेवा पनि क्रमशः २४ घण्टा नै खुला हुदै जाने बताएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

