गण्डकीलाई हराउँदै हेल्प नेपाल फाइनलमा
काठमाडाैं | चैत ९, २०८०
काठमाडौं : तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ ।
तीन पाकिस्तानी खेलाडी फखार उबैदिन, उस्मान अलि र कासिफ नदिम सम्मीलित हेल्प नेपालले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा टिपटप हेल्प नेपाल २५–१९, २७–२५, २५– १९ ले विजयी भएको हो ।
पहिलो सेटमा हेल्प नेपालले सहज जित हात पारेको थियो ।
दोस्रो सेटको सुरुवातमा गण्डकीले अग्रता लिएको थियो । दुई अंकले पछि परेको अवस्थामा हिमाल सुनारी र रवि केसीले अंक जोड्दै खेलमा फर्काउदै १६–१६ बराबरी गरेका थिए । तर टाउम आउट लिएपछि हेल्प नेपालले ४ अंक जोडेपछि गण्डकीलाई कठिन देखिएको थियो ।
तर गण्डकीले अन्तिम समयमा लगातार चार अंक बटुलेपछि खेल २४–२४ को रोमान्चक बराबरीमा पुगेको थियो । तर हेल्प नेपालले २७–२५ ले जित्दै सेटमा २–० को अग्रता लिएको थियो ।
तेस्रो सेटको सुरुवात पनि प्रतिस्पर्धात्मक थियो । १२ बराबरबाट हेल्प नेपालले लगातार पाँच अंक जोडेपछि सोझो सेटमा जित तर्फ अघि बढेको थियो ।
दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे ३ बजे हुनेछ । उक्त खेलको विजेतासँग हेल्प नेपालले शनिबार फाइनल खेल्नेछ ।
आज महिलातर्फ तेस्रो स्थानको लागि भएको खेलमा नेपाल एपीएफ क्लबले न्यू डायमण्डलाई ३–१ ले हराएको हराएको थियो ।
एपीएफले २५–२२, २३–२५, २५–१४, २५–२१ को जित हात पारेको थियो । महिला र पुरुषतर्फ दुबै फाइनल शनिबार हुनेछ । फाइनलमा महिलातर्फ एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

