मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुनको स्मृतिमा प्रतिष्ठान सञ्चालन

पाेखरा | चैत १४, २०८०

मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुनको स्मृतिमा प्रतिष्ठान सञ्चालन

पोखरा:    नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुनको स्मृति प्रतिष्ठान सञ्चालनमा आएको छ। संस्थापक अध्यक्ष पुनमगरको स्मृतिमा ‘हेमबहादुर पुन स्मृति प्रतिष्ठान’ जिल्ला प्रशासन कार्यालय कास्कीमा विधिवत दर्ता भएर सञ्चालनमा आएको हो।

 
प्रष्ठिानका सचिव मेजन पुनका अनुसार संस्थापक अध्यक्ष पुनको २० औँ स्मृति दिवसको अवसरमा गत भदौ ३१ मा नेपाल मगर संघको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रमले प्रतिष्ठान सञ्चालनमा ल्याउने निधो गरेको थियो। सोही निर्णय बमोजिम संस्थापक अध्यक्ष पुन मगरका छोरा पूर्वमन्त्री उत्तम पुनको संरक्षकत्वमा प्रतिष्ठान विधिवत दर्ता भएर सञ्चालनमा आएको हो। क्याप्टेन रविन्द्र पुनमगरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति रहने सचिव पुनले जानकारी दिए।


प्रतिष्ठानले संस्थापक अध्यक्ष पुन मगरले देखाएको बाटो फराकिलो पार्दै लैजाने अठोट गरेको सचिव पुनले जानकारी दिए। ‘हेमबहादुर पुन मगर ज्यूले मगर जातिको उत्थानमा गर्नु भएको लगानी त हामीले पूरा गर्न सक्दैनौँ। तर उहाँले देखाउनु भएको बाटो, मगर जातिलाई जागरुक बनाउन प्रतिष्ठानले जति सक्छ प्रयास गर्ने छ,’ उनले भने।

 
संस्थाले सामाजिक कल्याणका लागि गरिब दिनदुखीको हितका लागि पनि काम गर्ने उनले जानकारी दिए।

 
संस्थापक अध्यक्ष पुनमगर ब्रिटिश आर्मीबाट अवकाश भएपछि नेपाल आर्मीमा सेकेण्ड लेफ्टिनेन्टमा भर्ती भएका थिए। पुन मगरको विस १९७५ बैशाख ६ गते म्याग्दीको तत्कालिन शिख, हाल अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ मा जन्म भएको थियो।

काठमाडौं:     ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न ७ जनालाई नेपाल प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। घिमिरे खोटाङको मझुवागढी नगरपालिका १ घर भइ हाल काठमाडौं टोखा नगरपालिका ...

थप पढ्नुहोस्

काठमाडौं:     प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि स्थगित भएको छ। आइबार बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको सभामुख देवराज घिमिरेको सचिवाल...

थप पढ्नुहोस्

काठमाडौं:     आज बस्ने प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको छ । बानेश्वरमा बसेको कांग्रेससहितका विपक्षी दलका नेताहरुको बैठकले लाम...

थप पढ्नुहोस्