पोखरामा घर नक्साको फाइल चोरी गरेको आरोपमा २ जना प्रकाउ

पाेखरा | चैत १४, २०८०

पोखरामा घर नक्साको फाइल चोरी गरेको आरोपमा २ जना प्रकाउ

पोखरा:   पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य केन्द्र भवनबाट सरकारी कागजात चोरी गरेको आरोपमा २ जनालाई प्रहरीले प्रकाउ गरेको छ । 


शहरी स्वास्थ्य केन्द्र भवनको स्टोरको चाँबी फुटाएर महानगरपालिकाको ३९ थान कागजात चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई प्रकाउ गरेको हो । 

चा्ेरी भएको सरकारी कागजात

लमजुङ स्थायी घर भई पोखरा–९ नयाँबजार बस्ने २८ वर्षीय सुबिर थापामगर र २९ वर्षीय सरोज थापामगरलाई चोरी भएको ३९ थान नक्साका फाइलसहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक   सुर्यबहादुर रानाले जानकारी दिए । 

 

फागुन १२ गते पोखरा महानगरपालिका–८ स्थित शहरी स्वास्थ्य केन्द्र भवनको स्टोरको ताला फुटाएर सरकारी फाइलहरु चोरी भएको सूचनापछि अनुसन्धानका लागि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई प्रकाउ गरेको हो । 


प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट चोरी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्