सुपर काबेली ‘ए’ क्यासकेट आयोजनाको सुरुङ निर्माण कार्य सम्पन्न
ताप्लेजुङ | चैत १६, २०८०
ताप्लेजुङः ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा निर्माणाधीन कुल १२ मेगावाट क्षमता भएको सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाको एचआरटी सुरुङ निर्माण सम्पन्न भएको छ ।
आयोजनाका प्रतिनिधि मेघनाथ ढुङ्गानाका अनुसार गत २०७९ साल पुस अन्तिम सातादेखि सुरुङ निर्माणको काम सुरु गरिएको थियो । उहाँका अनुसार एक हजार ८३७ मिटर दूरी भएको सुरुङ निर्माण बिहीबार पूरा भएको हो । उक्त एचआरटी सुरुङ निर्माण सम्पन्न भएसँगै अब आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ ।
जिल्लाको सिरिजङ्घा गाउँपालिका–७ खेबाङ र वडा ८ याम्फुदिन भई बग्ने काबेली खोलाबाट विद्युत उत्पादन गर्ने गरी सुपर काबेली ‘ए’ क्यासकेट आयोजना सुरु गरिएको हो। आयोजनाको मुख्य प्रवर्द्धक हिलटन इनर्जी लिमिटेड रहेको छ । यो आयोजनाबाट उत्पादन हुने विद्युत पाँचथरको अमरपुरस्थित १३२ केभीए क्षमताको सव–स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जडान हुने छ ।
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...
पोखरा: पोखरा महानगरपालिकामा रिसाइकलिङ र अपसाइकलिङमार्फत हरित रोजगारी सिर्जना गर्ने उद्देश्यसहित सञ्चालनमा रहेका परियोजना अगाडि बढिरहेको छ । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्रसंघ...

