वैशाख पहिलो साता पाल्पाको चिदियामा भलिबल प्रतियोगिता

पाल्पा | चैत २०, २०८०

वैशाख पहिलो साता पाल्पाको चिदियामा भलिबल प्रतियोगिता

पाल्पा:  पाल्पाको निस्दी गाउँपालिका –६ चिदियामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित टोलस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
 

युएफसी युवा क्लबको आयोजनामा नवनिर्मित खेल मैदानको उद्घाटनको अवसरमा भलिबल प्रतियोगिता आयोजना गरिएको खेल संयोजक यम बयम्बुमगरले जानकारी दिए । 

 

उनका अनुसार सो प्रतियोगिता आगामी वैशाख ७ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । 

 

सो प्रतियोगिताको विजेताले नगद रु ३३ हजार ३ सय ३३ रुपैयाको साथमा शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

यस्तै द्वित्तिय, तृतीय र सान्त्वना स्थान हाँसिल गर्ने टिमले क्रमश, २२ हजार २ सय २२, ११ हजार १ सय ११ र ६ हजार ६ सय ६६ रुपैयाँ हात पार्नेछ ।

 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, सेटर, सर्भर र लिब्रोलाईपनि जनही १ हजारद्वारा पुरस्कृत गरिनेछ ।

 

 

प्रतियोगिता नवनिर्मित मैदानको समुद्घाटन तथा नयाँ वर्षको आयोजना गरिएको क्लबका अध्यक्ष नुनेन्द्र बयम्बु मगरले बताए । उनले विशेषगरी टोलस्तरीय प्रतियोगिता आयोजना गर्दा आपसी सम्बन्ध सुमधुर हुने बताउदै सामाजिक सद्भाव बढ्ने धारणा राखे ।

 

सो प्रतियोगितामा सहभागि जनाउनका लागि २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्