मुग्लिन–पोखरा सडक विस्तार: चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

तनहुँ | चैत २०, २०८०

मुग्लिन–पोखरा सडक विस्तार: चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

तनहुँ:    व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ । 


केही घरधनी सम्पर्कमा नआएका, केहीले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गरेकाले चैतभित्रै त्यस्ता संरचना हटाउन नगरपालिकाले आग्रह गरेको हो । 


नगरप्रमुख वैकुण्ठ न्यौपानेले सोमबार विज्ञप्ति जारी गरी वर्षायाम प्रारम्भ हुन धेरै समय बाँकी नभएकाले सडक निर्माणकार्यलाई तीव्र गतिमा अघि बढाउन यही महिनाभित्र सडक किनारका भौतिक संरचना हटाउन अनुरोध गरेको हो । साथै उनले सडक विस्तार आयोजना कार्यालमा सम्पर्क गरी मुआब्जा रकम लिन आग्रह पनि गरे। 


“मुख्य बजार खण्डमा घरटहरा नभत्काउँदा काममा ढिलाइ भइरहेको छ । सडक विस्तार, विद्युत् पोल स्थानान्तरण कार्यमा सहयोग गरिदिनुहुनेछ भन्नेमा नगरपालिका विश्वस्त छ,” विज्ञप्तिमा भनिएको छ । 


मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दमौली बजारका ७४ घर भत्काइनेछ । त्यसभित्र जिल्ला प्रहरी कार्यालयको मूलद्वार, दुर्गा मन्दिरलगायत संरचना परेका छन् । पैतालीस जनाले पहिलो किस्ताबापतको मुआब्जा रकम बुझिसकेका उनले बताए ।

पोखरा:  अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ ।   ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (...

थप पढ्नुहोस्

मकवानपुर:  मकवानपुरको मनहरी गाउँपालिका–६, सिस्नेरीपखेरा जंगलमा सिकार गर्न हिँडेका सिकारीको भरुवा बन्दुक पड्कँदा सहकर्मीको मृत्यु भएको छ । जंगलमा राक्सिराङ गाउँपालिका–८, राजराङका ४५ व...

थप पढ्नुहोस्

पोखरा:   विद्युतीय सामाग्री उत्पादक कम्पनी बेटरले १४ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजन गर्ने भएको छ । बिगत ४ वर्षदेखि पोखरा महोत्सवको मुख्य प्रायोजन गर्दै आएको बेटरले १४ औं संस्करणको पोखरा महोत्सवमा...

थप पढ्नुहोस्