पोखरा स्पोर्ट्स अवार्डमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने

पाेखरा | चैत २०, २०८०

पोखरा स्पोर्ट्स अवार्डमा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने

पोखरा:     आठौँ संस्करणको ‘पोखरा स्पोर्ट्स’अवार्ड २०८०’ मा प्रदेश खेलकुद परिषद गण्डकीले सहकार्य गर्ने भएको छ । 


मंगलबार मञ्चको टोलीसँगको भेटमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सहकार्य गर्ने प्रतिवद्धता जनाएका हुन् । भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष दीननाथ बराल, पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेल सहभागी थिए । यस अगाडि आइतबार मञ्चको टोलीले सदस्य सचिव शर्मासँग भेट गरेर अवार्ड कार्यक्रमको प्रस्तावना पत्र हस्तान्तरण गरेको थियो ।


 आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमको तयारी स्वरुप बुधबार दिउँसो १ बजे पोखरा रंगशालाको मिडिया सेन्टरमा अवार्ड कार्यक्रमको लागि गठन भएका ११ वटा उपसमितिको संयोजक तथा सह–संयोजकबीचको छलफल कार्यक्रम राखिएको मुल आयोजक समितिका संयोजक दीननाथ बरालले जानकारी दिए ।


अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने मञ्चका महासचिव तथा प्रचार प्रसार उपसमितिका संयोजक राजाराम पौडेलले जानकारी दिए ।


अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले र राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको भने साहस स्पोर्ट्सले समेत अवार्ड कार्यक्रममा सहयोग गर्ने तय भैसकेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ ।


खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको हो । 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्